@sagar0377: 🙏 पञ्चबुद्ध मुकुट (རིགས་ལྔའི་ཅོད་པན།) बौद्ध परम्परामा पाँच ध्यानि बुद्धले सुशोभित यस पवित्र मुकुटले पाँच बुद्धकुल र पाँच प्रज्ञाको प्रतिनिधित्व गर्दछ। यसको प्रयोग विशेषगरी वज्रयान बौद्ध धर्मका उच्च तान्त्रिक अभिषेक, पूजा तथा धार्मिक अनुष्ठानहरूमा गरिन्छ। 🙏 यो ज्ञान, करुणा र बुद्धत्वको प्रतीक हो। #पञ्चबुद्ध #बौद्धपरम्परा #वज्रयानबौद्धधर्म #FiveDhyaniBuddhas #BuddhistHeritage