@atit.shresth: ⚖️ Mamta Kafle Bhatt Case – Court Update आज अदालतमा Commonwealth (Prosecution) पक्षले आफ्नो तर्फबाट प्रस्तुत गर्ने सुनुवाइ तथा प्रमाणहरू पूरा गरेपछि न्यायाधीशले तीनवटै अभियोग यथावत् रहने निर्णय सुनाउनुभएको छ। न्यायाधीशले निम्न तीनवटै चार्जलाई AS IS अर्थात् जस्ताको तस्तै कायम राख्नुभएको छ। 1️⃣ First-Degree Murder – पहिलो तहको हत्या। 2️⃣ Defiling a Dead Body – मृत शरीरको अपमान तथा दूषित पार्ने कार्य। 3️⃣ Concealing a Dead Body – मृत शरीर लुकाउने कार्य। यसको अर्थ, अभियोजन पक्षको सुनुवाइपछि पनि यी तीनवटै अभियोग हटाइएका छैनन् र मुद्दामा यथावत् कायम छन्। अब Defense Counsel (प्रतिरक्षा पक्षका वकिल) ले आफ्नो पक्षको प्रतिरक्षा प्रस्तुत गर्नेछन्। यो निर्णय दोषी ठहर भइसकेको अन्तिम फैसला भने होइन। अन्तिम निर्णय जूरीको विचार तथा अदालतको प्रक्रियापछि आउनेछ। Justice for Mamta Kafle Bhatt. न्यायको प्रतीक्षामा उनको परिवार र हामी सबै। #JusticeForMamta #mamtakaflebhatt #PrinceWilliamCountyCourt #justicformamtakaflebhatt