@yateripop1: प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले दर्ज्यानी चिह्न लगाएका छन्। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। केसी बुधबार नै नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त भएका थिए। यसअघि आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहे पनि यसपटक गृहमन्त्री आफैँले चिह्न प्रदान गरेका छन्। #नेपालप्रहरी #IGP #मनोजकेसी #सुधनगुरुङ #गृह मन्त्रालय @highlight