@theneapthreadsaugat: २ वर्षदेखि बेपत्ता ममताको मुद्दामा अदालतमा आफैँ उभिए नरेश भट्ट! पत्नीको हत्यासहित गम्भीर अभियोग खेपिरहेका नरेशले पहिलोपटक आफ्नै बचाउमा दिए बयान, ‘म आशावादी छु तर डर र तनाव पनि छ’ भनेपछि अदालतमा थप चासो! 💔🙏 अमेरिकाको भर्जिनिया राज्यमा पत्नी ममता काफ्ले भट्टको हत्या गरेको, शव विकृत बनाएको तथा लुकाएको आरोपमा मुद्दा खेपिरहेका नरेश भट्ट बुधबार अदालतमा आफ्नै पक्षबाट बयान दिन उपस्थित भएका छन्। अदालतमा वकिलले उनको अवस्थाबारे प्रश्न गर्दा नरेशले आफू ठीक रहेको तर मनमा विभिन्न भावना आइरहेको बताएका थिए। आफू आशावादी र सकारात्मक रहे पनि डर, तनाव र केही नर्भस महसुस भइरहेको उनको भनाइ थियो। त्यस्तै, न्यायपीठका सदस्यहरूले आफूले बोलेका कुरा र अंग्रेजी भाषा बुझ्न सक्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए। त्यसपछि न्यायाधीशले सुनुवाइका क्रममा प्रत्येक प्रश्न नेपाली दोभाषेमार्फत अनुवाद गरिने स्पष्ट पारेका थिए। सन् २०२४ मा ममता बेपत्ता भएको घटनासँग सम्बन्धित यो मुद्दाको सुनुवाइ जारी छ। दुई वर्ष बितिसक्दा पनि ममताको शव फेला परेको छैन। नरेशमाथि लागेका आरोपको अन्तिम टुंगो भने अदालतको फैसला आएपछि मात्रै लाग्नेछ। #JusticeForMamta #MamtaKafleBhatt #NareshBhatt #VirginiaCourt #NepaliCommunity