@ujjwal.neupane2: पुनः रोशिको निहेति उहीँ। केही दिन अगाडिको बर्षात पछि आएको रोशि खोलाको बाढीले यहाँको ह्युम पाइप बगाए पछि (बन्दै गरेको बेलिब्रिज र बगाएको पक्की पुलको बिच बाट) फेरि रोशि खोला बाटै जोखिम मोलेर यात्रुबाहक बस तर्दै। रोशि खोला, नमोबुद्ध-६ खरिबोट र रोशि-७ थानसिङको ताजा अवस्था। काभ्रे। २०८३ कार्तिक २१, शनिबार बिहान। रोशिको दर्द! जोखिम मोलेर रोशि खोलाको बाढिमा खोला तर्दै काभ्रे (रोशि महाभारतको) ग्रामीण बस्ती बाट बनेपा हिडेको यात्रुबाहक बस। यही ठाउँ हो जहाँ बाट २०८१ असोज १२ गतेको भीषण रोशि बाढीले बगाएको खरोबोट (नमोबुद्ध-६) र थानसिङ (रोशि -७) काभ्रे जोडने गाडी गुड्ने मोटरेवल पक्की पुल बगाएको थियो, त्यसैले यहाँ फेरि नयाँ पुल नबनन्जेल, यस्तो जोखिम पुर्ण यात्रा गर्नु पर्ने बाध्यता छ। केवल सम्झनामा मात्रै सिमित रह्यो यहाँको पुल। ५ बर्षमा यो पुल भएर कोकसले यात्रा गर्नु भयो त! अनि अहिले यस्तो जोखिम मोलेर खोला मा कोको तर्नु र यात्रु गर्नु भएको छ त।