@santoshbasyal07: सानै उमेर, तर सोच र अभिव्यक्तिमा परिपक्वता; बोलीमा स्पष्टता र विचारमा सिर्जनशीलता! पोखराकी प्रेन्सा रेग्मी बोल्ने कलासँगै सामाजिक चेतना र सक्रियताका कारण पनि उदाहरणीय बन्दैछिन्। सामाजिक, राजनीतिक र आर्थिक विषयदेखि बालअधिकारका सवालसम्म उनले राख्ने विचार र अभिव्यक्तिमा आफ्नै दृष्टिकोण, तर्क र सिर्जनशीलता झल्किन्छ। सानै उमेरदेखि सामाजिक अभियानमा सक्रिय प्रेन्सा आफ्नै उमेर समूहका बालिकाहरूका लागि प्रेरणाको सुन्दर उदाहरण हुन्। सरुभक्त राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित प्यारी बैनी प्रेन्सालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! तिम्रो आवाज अझ सशक्त बनोस्, विचारले समाजलाई सकारात्मक दिशातर्फ डोर्याओस् र प्रतिभाले नयाँ उचाइ चुमिरहोस्।❤️ @Prensa Regmi