@meroaawaj4: एकथरी फेरि अनुपले सलमान खानको अगाडि किन शिर झुकाए भनेर रोइलो गरिरहेका छन्। यति ठूलो प्रोजेक्टमा सँगै काम गरेका छन्। अहिले पत्रकार सम्मेलन भइरहेको छ, जहाँ अनुप सलमान खानकै सामु उभिएर आफ्नो कुरा राखिरहेका छन्। यसलाई गलत अर्थ लगाउनुपर्ने आवश्यकता छैन। सलमान खान विगत ३–४ दशकदेखि बलिउडमा निरन्तर योगदान दिँदै आएका अभिनेता हुन्। आफूभन्दा करिब दुई दशक सिनियर, त्यसमाथि यति ठूलो चलचित्र नगरीमा आफ्नो यात्रा सुरु गर्ने अवसर र सहकार्य पाउनु आफैँमा सम्मानको विषय हो। अनुपले शिर झुकाएका हुन् भने त्यो कुनै डर, दबाब वा आत्मसम्मान गुमाएर होइन, आफ्नोभन्दा अग्रज कलाकारप्रतिको सम्मान र कला यात्राप्रतिको आदर प्रकट गरेका हुन्। बलिउडमा सिनियर कलाकारलाई यसरी सम्मान गर्ने संस्कृति पनि देखिन्छ। हरेक व्यवहारलाई आत्मसम्मानसँग जोडेर न’कारात्मक अर्थ लगाउनु उचित हुँदैन। शिर झुकाउँदैमा कोही सानो हुँदैन। बरु सही ठाउँमा झुक्न जान्नु पनि संस्कार र संस्कृतिको सुन्दर पक्ष हो। -#NepaliCelebrity #NepaliFashion #NepaliBeauty #socialmedia #viraltiktok