@fe.li.city01:

Felicity
Felicity
Open In TikTok:
Region: US
Saturday 07 November 2026 21:20:52 GMT
37
10
4
1

Music

Download

Comments

kiabvanglubneej
tuag nco ntsoov 😢🥲🥀🌹 :
🥰🥰🥰🥰🥰🥰
2026-11-08 02:47:44
1
tseebmuas1
ບາ່ວຄົນຫລໍ :
❤️❤️❤️❤️❤️
2026-11-08 05:28:02
1
To see more videos from user @fe.li.city01, please go to the Tikwm homepage.

Other Videos

श्री पशुपति शर्मा ज्यू अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल। ​विषय: चाडपर्वको संस्कृतिलाई विकृत पार्दै भ्युज र पैसाको लागि व्यक्तिगत गालीगलौज गर्नेहरूमाथि कडा कारबाही गरियोस्। ​आदरणीय अध्यक्ष ज्यू, ​नेपाली कला, संस्कृति, चाडपर्व र विशेषगरी हाम्रा मौलिक लोकगीत तथा देउसी-भैलोलाई जोगाउने अभिभावक संस्थाको प्रमुखको हैसियतमा तपाईंको ध्यानाकर्षण गराउन यो पत्र लेख्दै छु। आज हाम्रो समाजमा संस्कृति र परम्पराको नाममा जुन हदसम्मको विकृति फैलिरएको छ, त्यसले हरेक सचेत नेपालीको मुटु फुट्ने बनाएको छ। ​केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्युज, रिच र पैसा कमाउने तुच्छ उद्देश्यका लागि तिहारजस्तो पवित्र चाडमा गाइने देउसी-भैलो र लोकगीतलाई व्यक्तिगत रिसइबी साध्ने र कसैलाई पनि जथाभावी अमानवीय ढङ्गले गालीगलौज गर्ने हतियार बनाएका छन्। चाडपर्वका नाममा कसैको चरित्रहत्या गर्ने, अपशब्द प्रयोग गर्ने र सामाजिक सद्भाव भड्काउने प्रवृत्ति दिनप्रतिदिन मौलाउँदै गएको छ। ​चाडपर्वमा गाइने गीतहरू समाजलाई जोड्ने, मनोरञ्जन दिने र संस्कृति जगेर्ना गर्ने माध्यम हुन्, तर तिनै पवित्र विधालाई बजारको भ्युज तताउने भाइरल धन्दा बनाउनु अक्षम्य अपराध हो। यसरी खुलेआम अमर्यादित शैलीमा कसैमाथि पनि व्यक्तिगत लाञ्छना लगाउनेहरूले समग्र नेपाली संगीत क्षेत्र र लोक संस्कृतिलाई नै गम्भीर कलङ्कित पारिरहेका छन्। ​तसर्थ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वको नाताले यस प्रकारका छाडा, भद्दा र अराजक गतिविधि गर्ने व्यक्तिहरूलाई तत्काल चिन्नुहोस् र नियमनको दायरामा ल्याउनुहोस्। यस्ता विकृत कार्यमा संलग्न हुने जोसुकैलाई पनि संस्थागत रूपमा कडाभन्दा कडा कारबाही गरियोस् र कानुनी कारबाहीका लागि समेत पहल गरिबोस भनी जोडदार माग गर्दछु। ​धन्यवाद। #pashupatisharma

About