@popmart.usshop: [POP NOW] POP MART THE MONSTERS CAT MODE ON SERIES - Vinyl Plush Pendant Blind Box

POP MART US SHOP
POP MART US SHOP
Open In TikTok:
Region:
Sunday 08 November 2026 04:36:19 GMT
59
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @popmart.usshop, please go to the Tikwm homepage.

Other Videos

आज बाटोमा हिँड्दै गर्दा एउटा दृश्यले मेरो मन निकै छोयो। अचानक मेरो अगाडि एउटा कुकुर देखियो। वर्षभरि समाजबाट लखेटिने, ढुङ्गा र लात सहनुपर्ने, खानाको खोजीमा गल्लीगल्ली भौँतारिनुपर्ने त्यही कुकुरको घाँटीमा आज सयपत्री फूलको माला सजिएको थियो। ऊ मेरो अघिअघि बिस्तारै हिँडिरहेको थियो। तर उसको एउटा खुट्टा भाँचिएको रहेछ। तीनवटा खुट्टाको सहारामा लखर–लखर गर्दै पीडा सहेर हिँडिरहेको त्यो दृश्य देख्दा मनमा अनेकौँ प्रश्न उब्जिए। सधैँ घृणा र तिरस्कारको पात्र बन्ने त्यही निर्दोष प्राणीलाई आज फूलको माला लगाएर माया गरिँदै थियो। आज खोजी–खोजी माला लगाइँदैछ, सम्मान गरिँदैछ। तर के माया र दया देखाउन कुनै विशेष दिन नै कुर्नुपर्छ? हामीले मनन गर्नुपर्ने कुरा के हो भने, माया देखाउन कुनै पर्व, उत्सव वा विशेष दिन चाहिँदैन। वर्षभरि भोक, पीडा र अपहेलनामा बाँच्ने यी बेजुबान प्राणीहरूलाई एक दिन माला लगाइदिनुभन्दा वर्षभरि एक गाँस खाना, थोरै पानी, सुरक्षित आश्रय र माया दिन सक्नु ठूलो धर्म हो। आज घाँटीमा फूलको माला छ, तर खुट्टामा पीडा छ। बाहिर सम्मान छ, तर शरीरमा घाउ छ। आउनुहोस्, एक दिनको उत्सवमा मात्र होइन, हरेक दिन यी बेजुबान प्राणीप्रति दयालु बनौँ। किनकि माया देखाउन शब्द चाहिँदैन, व्यवहार चाहिन्छ। र दया गर्न कुनै विशेष दिन होइन, दयालु मन चाहिन्छ। 🐕🙏 #gopal_bishwakarma #happykukurtihar

About