@nepal.speaks.live: हेटौँडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु वर्षौंदेखि बन्दप्रायः रहेको हेटौँडा कपडा उद्योगमा पुराना मेसिन मर्मत गरी सफल परीक्षण उत्पादन सुरु गरिएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगमा रहेका थन्किएका मेसिन तथा तानहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि उद्योग परिसरमा पुनः उत्पादनको आवाज गुञ्जिन थालेको हो। लामो समयदेखि निष्क्रिय रहेका तानहरू सञ्चालनमा आएसँगै उद्योग पुनः सञ्चालनको सम्भावना बलियो बनेको छ। उद्योग पुनः सञ्चालनका लागि पहल, समन्वय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ। परीक्षण उत्पादनबाट प्राप्त परिणामका आधारमा उद्योगको नियमित उत्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। वर्षौंदेखि मौन रहेको उद्योगमा पुनः सुनिन थालेको तानको खट्खट् आवाज औद्योगिक पुनर्जागरणको सम्भावनाको संकेत बनेको छ। Source : Pradeep pariyar #nepalspeakslive #news #nepal #Balenshah #hetaudatextileindustry
केही समय लाग्ला कच्चा सामान बाहिर बाट ल्याउनु पर्ने तर बिस्तारै सबै स्थानिय किशानले आफै जुट खेती देखि सबै रोजगार पाउँछन् । देश बन्ने सुरुवात देखेर मेरो आँखा रसायो। गरे पछि हुदो रहेछ यहाँ बिदेशको खान पल्केको नेताले देश बिगारे अब घन्टी ले गर्छ जे गर्छ ।।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-08 07:54:36
1
rajrimal15 :
कडा नियम लाउ तेहा काम गर्ने लाई कर्मचारी लाई प्रशासन दरो बनाउ
2026-08-08 08:32:40
1
To see more videos from user @nepal.speaks.live, please go to the Tikwm
homepage.