SAMRAT🍀 :
हाम्रो बालेन सरकारलाई जनताले यति धेरै माया र विश्वास गर्नुहुन्छ भन्ने कुरा उहाँप्रतिको जनताको उत्साह र समर्थनबाटै देखिन्छ। उहाँमा केही फरक गर्ने आँट, नयाँ सोच र देशका लागि केही राम्रो गरौँ भन्ने भावना देखिन्छ। त्यसैले धेरै नेपालीले उहाँबाट ठूलो आशा र भरोसा राख्नुभएको छ।
अहिलेसम्म नेपालले धेरै नेतृत्व देखिसकेको छ, तर बालेनजस्तो नयाँ सोच, ऊर्जा र केही फरक गर्ने आँट भएको नेतृत्व पाउँदा जनतामा छुट्टै आशा जागेको महसुस हुन्छ। देश र जनताको हितमा इमानदारीका साथ काम गर्दै अगाडि बढ्न सक्नुभयो भने यो विश्वास अझ बलियो बन्नेछ।
३ करोड नेपालीको आशा र भरोसालाई सम्मान गर्दै देशमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याउने दिशामा अघि बढ्नुहोस्। गर्व लाग्छ, देशका लागि केही राम्रो हुन्छ भन्ने आशा बोकेको प्रधानमन्त्री बालेन सरकारलाई पाउँदा। आज हामीले प्रधानमन्त्री चाहिँ पायौँ भन्ने महसुस भयो, साह्रै खुसी लाग्यो। देशको लागि गर्नुपर्छ भन्ने सच्चा सपुत भेटिएको अनुभूति भयो।
उहाँले बोल्नुभएका कुरा, उहाँले बोल्नुभएको प्रत्येक शब्दले सबैको दिल छोएको छ। देशलाई माया गर्ने धेरै नेपालीका आँखा रसाएका छन्। निडर भएर विश्वमाझ यसरी आफ्नो कुरा राख्ने प्रधानमन्त्रीलाई सलाम, स्यालुट बालेन सरकार!
गहिराइ र भावुकताका साथ नेपाल र नेपालीको लागि आवाज उठाउनु भएकोमा धन्यवाद प्रधानमन्त्री बालेन सरकार। हामी सधैँ विरोधमै व्यस्त हुन्छौँ—जे गरे पनि जस दिँदैनौँ, “यो भएन, त्यो भएन” भन्छौँ। अब केही गर्दै गर्दा “अमेरिकामा सम्मान पाएन” भन्दै उफ्रिन्छौँ। तर हामीले कहिले सोच्यौँ कि नेपाल र नेपालीको हितमा प्रधानमन्त्रीको सम्बोधन होला कि नहोला भनेर? हामीले कहिले विश्वास गरेनौँ के?
हामी सधैँ विरोधमै व्यस्त भयौँ। अघिल्ला ३५ वर्षका शासकहरू र अहिलेको नेतृत्वमा भएको परिवर्तन र फरक पनि छुट्याउन सक्दैनौँ के हामी नेपालीले?
आजको यो सम्बोधन हेर्दाहेर्दै आँखाबाट आँसु आएको पत्तो नै भएन। देशका समस्या जस्ता छन्, त्यस्तै प्रस्तुत भएका छन्। कुनै बनावटी कुरा होइन, नेपाल र नेपालीको पीडा र समस्यालाई विश्वमाझ राख्ने प्रयास देखियो। Proud!
आज आएर निर्धक्क “म नेपाली हुँ” भन्न मलाई लाज भएको छैन, बरु छाती विशाल भएको छ। खुसी र हर्षले आज फेरि आँसु आयो—तर आजको आँसु दुःखको होइन, खुसीको आँसु हो।
म ईश्वरसँग सधैँ प्रार्थना गर्छु—बालेन, रबि र सुदनका लागि आशिष् र सुरक्षाको कवच ईश्वरको दाहिने हात सधैँ रहिरहोस्।
शर्मले झुकाएको शिर आज प्रधानमन्त्री बालेन सरकारले उच्च शिर पारिदिनुभएको छ। [Red heart][Pray]🇳🇵
2026-09-25 09:18:13