@bxhalmoktanofficial00: ⚠️ पहिरो झर्न अझै बाँकी छ, जनताको ज्यान जोखिममा राखेर सडक खोल्नु कस्तो प्रक्रिया र उपलब्धि हो? कान्ति लोकपथअन्तर्गत चारघरे–टीकाभैरव सडक खण्डमा बजेटको अभाव देखाउँदै सडक खोल्न हतार गरिएको अवस्थामा माननीय बुद्धरत्न महर्जनज्यूलाई प्रश्न—के अब जनताले हेल्मेट लगाएर र जीवन बीमा गरेर मात्र यात्रा गर्नुपर्ने हो र? सडक खुलेको खुसी मनाउने कि पहिरोको जोखिम मोलेर ज्यानको बाजी लगाउँदै यात्रा गर्ने? माननीयज्यू,बजेटभन्दा जनताको जीवन महत्वपूर्ण छ। पहिरोको जोखिम अझै बाँकी छ भने पहिले सुरक्षाको सुनिश्चितता गरियोस्, अनि मात्र सडक सञ्चालन गरियोस्। भोलि कुनै दुर्घटना भइहाले त्यसको जिम्मेवारी कसले लिने? जनताको ज्यान जोखिममा राखेर सडक खोल्ने हतार होइन, सुरक्षित यात्राको सुनिश्चितता चाहियो! 🙏