@rilleditb:

rilleditb
rilleditb
Open In TikTok:
Region: GH
Friday 09 October 2026 22:42:45 GMT
777493
50799
558
2082

Music

Download

Comments

thexsadammmm
𝓢⭐️ :
I’m Muslim 💀
2026-10-11 16:46:37
1
sistersiiin9999
🕯️Sister🌙Sin✨🐦‍⬛ :
How tf are they’ve levitating???
2026-10-10 14:39:34
17
iancarlos3901
iancarlos el papu :
pero nadien podrá con mi salvador
2026-10-10 01:57:35
516
christiankeita61
Christal 🫆2⚡palace :
normal
2026-10-11 15:02:23
0
monahenry08
Mona_$$$🤙🏾 :
And in Jesus Name Stop
2026-10-10 08:13:00
142
rodrigo000.7
Rodri :
Solo Jesús es todopoderoso.
2026-10-10 16:58:00
86
andrei.jacob.b..ga
un known :
that's the real spirit
2026-10-11 01:19:17
5
iamkopi8
IAmKopi :
I am here
2026-10-11 06:30:45
0
elder53535
Elder 😘♡ :
el berdadero rey
2026-10-10 01:27:12
63
mdsabbirhossen303
SK SABBIR :
this song Sergio Ramos
2026-10-10 13:29:24
4
.only.mf
مـصطفى :
O Ali
2026-10-10 02:26:49
54
a0__wa
علي🤍 :
انا الذي سمتني امي حيدره ضرغام اجامن وليث القسوره عبل الذراعين شديد القصره كليث غاباتً كريه المنضره
2026-10-10 08:32:23
40
toxic_uchiha1
亗 ⚡𝗩 𝗘 𝗚 𝗘 𝗧 𝗔⚡ 亗 :
please Tutorial
2026-10-10 00:11:50
21
anomali_3214
W4ND1 :
😳
2026-10-10 00:49:57
34
tallys.daniel6
Tallys daniel :
um dia eu quero muito ir na África para ver isso de perto.
2026-10-10 20:09:39
9
quiropmskpy
daniel :
2026-10-09 23:24:29
56
binhi_bi_daniel
BINHI BI DANIEL😈🦋 :
Fier d’être africain
2026-10-10 14:26:38
7
user59abtf5ge6
جُوري 🌷 :
2026-10-10 06:22:23
5
user662835581341533
حسن جبريل الدليمي :
:I'M Muslim.....
2026-10-11 09:50:11
10
davi.de.lima853
@dv.unico :
eu amo Jesus Cristo [Coração vermelho]
2026-10-10 14:21:05
9
amd_guy
DDUmbrella :
2026-10-10 10:04:48
10
nasaofc1sobre137
NASA :
2026-10-10 01:24:03
6
lucas_rodrgues7
Toddy7 :
2026-10-10 02:23:37
11
user103315204
john666 :
2026-10-10 19:01:01
0
To see more videos from user @rilleditb, please go to the Tikwm homepage.

Other Videos

सम्पूर्णमा नमस्कार । म अन्जना तामाङ  सानैदेखि पत्रकारिता मेरो रुचि र सपना थियो । यही सपना बोकेर पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनसम्मको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्ने अवसर पाएँ । समाचार वाचन, समाचार लेखन, रिपोर्टिङदेखि सम्पादकीय तथा व्यवस्थापकीय जिम्मेवारीसम्म काम गर्दै धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो । यस यात्राले मलाई समाजका समस्या नजिकबाट बुझ्न, नागरिकका आवाज सुन्न र आफ्नो जिम्मेवारीप्रति अझ सचेत हुन सिकाएको छ । पत्रकारिताको यात्रामा मलाई विश्वास गर्ने, अवसर दिने, मार्गदर्शन गर्ने र हरेक मोडमा साथ तथा हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज, सहकर्मी, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । यहाँहरूबाट पाएको साथ, सहयोग, माया र सिकाइ मेरो जीवनको महत्त्वपूर्ण उपलब्धि हो । पत्रकारिताको यात्रामा जोडिएका सम्बन्ध र यहाँहरूबाट प्राप्त अनुभवलाई म सधैँ सम्मान गर्नेछु  । पत्रकारितामा रहँदा समाजका धेरै समस्या, नागरिकका अपेक्षा र परिवर्तनका आवश्यकताहरूलाई नजिकबाट बुझ्ने अवसर पाएँ । समस्या देखाउने र नागरिकका आवाज उठाउने कामसँगै समाजका समस्याको समाधान खोज्ने प्रक्रियामा पनि आफ्नो तर्फबाट केही योगदान गर्न सकूँ भन्ने सोच मभित्र विकसित हुँदै गयो । यही सोच, समाजप्रतिको जिम्मेवारीबोध र देशका लागि केही गर्ने इच्छाले मलाई राजनीतितर्फ अघि बढ्न प्रेरित गरेको हो । जीवनमा आफ्नो करियरलाई अगाडि बढाउने अन्य अवसर र सम्भावनाहरू धेरै थिए । तर मैले आफ्नो व्यक्तिगत करियरसँगै समाज र देशका लागि पनि केही गर्नुपर्छ भन्ने सोचलाई प्राथमिकता दिँदै नयाँ यात्रामा अघि बढ्ने निर्णय गरेकी छु । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको जानकारी गराउँदछु । यो मेरो लागि केवल पार्टी प्रवेश मात्र होइन, नयाँ जिम्मेवारी स्वीकार गर्ने, नयाँ कुरा सिक्ने र समाजप्रतिको आफ्नो भूमिकालाई अझ फराकिलो बनाउने सुरुवात पनि हो । मलाई थाहा छ, राजनीतिमा प्रवेश गरेसँगै विभिन्न प्रश्न, जिज्ञासा र आलोचनाहरू पनि आउन सक्छन् । विशेषगरी मेरो उमेरलाई लिएर यति सानै उमेरमा राजनीतिमा किन? राजनीति के बुझेकी छौ? अहिल्यै राजनीति गर्ने समय भएको छैन भन्नेजस्ता प्रश्नहरू उठ्न सक्छन् र उठेको पनि छ । म यस्ता प्रश्न र आलोचनाबाट अपरिचित छैन । हो, मसँग राजनीतिमा लामो अनुभव छैन । मैले अझै धेरै कुरा सिक्न, बुझ्न र आफ्नो क्षमता विकास गर्न बाँकी छ । तर अनुभव कम छ भन्दैमा सिक्ने, काम गर्ने र जिम्मेवारी लिने यात्राबाट पछि हट्नुपर्छ भन्ने मलाई लाग्दैन । हरेक यात्राको सुरुवात हुन्छ, हरेक अनुभवको पहिलो पाइला हुन्छ । मेरो पनि यही सुरुवात हो । मैले सबै कुरा जानेकी छु वा मबाट कुनै कमजोरी हुँदैन भन्ने दाबी गर्दिनँ । म सिक्न तयार छु, अग्रजहरूको मार्गदर्शन स्वीकार गर्न तयार छु र आफ्ना कमजोरी सुधार्दै अघि बढ्न तयार  छु। मेरा काममा भएका कमी कमजोरी औँल्याइदिनुहुने सबैका सुझावलाई सकारात्मक रूपमा लिनेछु । तर केवल उमेर सानो छ वा अनुभव कम छ भन्ने आधारमा म आफ्नो उद्देश्यबाट पछि हट्ने छैन । मेरो क्षमता, सोच र उद्देश्यलाई समयसँगै मेरा कामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएकी छु । म महिला हुँ, युवा हुँ र मेरो राजनीतिक अनुभव पनि सीमित छ । तर यी कुरालाई आफ्नो यात्रामा पछि हट्नुपर्ने कारणका रूपमा लिन्नँ । महिला नेतृत्व र युवाको सहभागिता समाज परिवर्तनका लागि महत्त्वपूर्ण छन् भन्ने विश्वास राख्छु । अग्रज नेतृहरूबाट सिक्दै, उनीहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै आफ्नो छुट्टै पहिचान र क्षमता निर्माण गर्ने प्रयास गर्नेछु । र अर्को कुरा भनेको राजनीतिक यात्राको सुरुवात गरे पनि कार्यक्रम सञ्चालन तथा होस्टिङप्रतिको मेरो रुचि, लगाव र जिम्मेवारी निरन्तर रहनेछ । आगामी दिनमा पनि कार्यक्रम सञ्चालन र होस्टिङलाई निरन्तरता दिँदै आफ्नो पेसागत अनुभव, सम्बन्ध र नयाँ राजनीतिक यात्रालाई सन्तुलित रूपमा अघि बढाउने प्रयास गर्नेछु । अन्त्यमा आजसम्मको यात्रामा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति पुन हार्दिक धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाँहरूको माया, सुझाव, मार्गदर्शन र रचनात्मक आलोचनाको अपेक्षा राख्दछु ।  नयाँ जिम्मेवारी, नयाँ सिकाइ र नयाँ सम्भावनासहित अघि बढ्दै छु। यो यात्रामा इमानदारी, मेहनत र जिम्मेवारीलाई आफ्नो आधार बनाउने प्रयास गर्नेछु। धन्यवाद ।

About