@baideshikkhabar: कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष अनुरोध। 🙏 कृपया राम्रोसँग बुझेर र आधिकारिक जानकारी लिएर मात्र आर्मेनिया जाने निर्णय गर्नुहोला। त्यहाँ पुगेका कतिपय नेपाली दाजुभाइहरूको अवस्था निकै बिजोग रहेको र विभिन्न समस्यामा परेको खबर आइरहेको छ। आफ्नो मेहनतको कमाइ, भविष्य र जीवन जोखिममा नपार्नुहोला। अरूको प्रलोभनमा परेर हतारमा निर्णय नगर्नुहोला। विदेश जानुभन्दा पहिले आफ्नो सुरक्षा र भविष्यलाई प्राथमिकता दिनुहोस्। सचेत बनौँ, सुरक्षित रहौँ। 🇳🇵 #NepaliInQatar #ArmeniaAlert #NepaliAbroad #StaySafe #Awareness