@deepdevkota77: प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित निवासमा करिब चार घण्टा छलफल गरेका छन्। अनलाइनखबरका अनुसार बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म चलेको भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन पनि सहभागी थिए। समाचारमा उल्लेख भएअनुसार, सरकारी तथा रास्वपाका स्रोतले भेट भएको पुष्टि गरेका छन्। दुई नेताबीच संवेदनशील विषय, सम्भावित अध्यादेश र महत्वपूर्ण राजनीतिक नियुक्तिबारे छलफल भएको उच्च स्रोतको दाबी छ। बुधबारका लागि तय गरिएको मन्रिपरिषद् बैठक पनि बिहीबारका लागि सारिएको छ। भेटमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा पनि छलफल भएको बताइएको छ। प्रहरी प्रमुख परिवर्तन गर्नुपर्ने अवस्था आए सम्भावित विकल्पबारे बालेन र लामिछानेबीच एकमत नरहेको स्त्रोतको दाबी छ। कार्कीसँग सम्बन्धित प्रहरी पोशाकको विषयमा संसदीय उपसमितिको बैठकसमेत बोलाइएको समाचारमा उल्लेख छ। लामिछानेको भारत भ्रमणबारे पनि प्रधानमन्त्रीसँग कुराकानी भएको बताइएको छ। समाचारअनुसार, लामिछानेले आफ्लो व्यक्तिगत भ्रमणका क्रममा भएका विषयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री बालेनले मंसिरको पहिलो साता नयाँ दिल्ली भ्रमण गर्ने तयारी गरिरहेको पनि उल्लेख छ। बालेन र रविबीच करिब दुई महिनापछि भएको यस भेटबारे दुवै पक्षका निकटस्थ नेताहरूले औपचारिक जानकारी दिएका छैनन्! अध्यादेश, राजनीतिक नियुक्ति र प्रहरी नेतृत्वसम्बन्धी विषयमा के निर्णय हुन्छ भन्नेबारे आधिकारिक घोषणा हुन बाँकी छ।

सब्द 🇳🇵
सब्द 🇳🇵
Open In TikTok:
Region: US
Thursday 05 November 2026 08:55:42 GMT
95
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @deepdevkota77, please go to the Tikwm homepage.

Other Videos


About